CLI

सिवाईसी नेपाल लघुवित्तका अध्यक्ष शर्माले दिए राजीनामा

काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष पद्मनाथ शर्माले राजीनामा दिएका छन्।

यस विषयमा सञ्चालक समितिको भदौ २ गते बसेको बैठकले सञ्चालक समितिका अध्यक्ष शर्माले भदौ १ गते दिएको राजीनामा भदौ २ गतेदेखि नै लागू हुने गरी स्वीकृत गरेको छ।

अध्यक्ष शर्माले आफ्नो पारिवारिक एवम् स्वास्थ्य अवस्थाको कारण देखाएर राजीनामा पेश गरेका थिए।

Leave Your Comment

Related News