काठमाडौं । मिड सोलु हाइड्रोपावर लिमिटेडको कुल ७७ लाख ६३ हजार १५३ कित्ता शेयरको लकइन आगामी असोज १० गतेपछि सकिने भएको छ । कम्पनीको संस्थापक तर्फको ६८ लाख ८५ हजार २८० कित्ता, आयोजना प्रभावित स्थानीयको ८ लाख ६० हजार ६६० कित्ता र कर्मचारीतर्फको १७ हजार २१३ कित्ता शेयरको लकइन असोज १० गतेपछि सकिने भएको छ ।
सर्वसाधारण लगानीकर्तामा २०८० साल असोज १० गते आईपीओ बाँडफाँट गरेको कम्पनीले सोहि मितिदेखि यी शेयर तीन वर्षका लागि लकइनमा राखेको थियो । लकइन अवधि सकिएपछि सञ्चालक तथा कम्पनीको उच्च व्यवस्थापकिय पदमा कार्यरत कर्मचारी वाहेक अरुले आफ्नो स्वामित्वको शेयर कारोबार गर्न सक्नेछन् ।
धितोपत्र दोस्रो बजारमा कम्पनीको कुल ८६ लाख ६ हजार ६०० कित्ता शेयर सूचीकृत रहेको छ । कुल कित्ता शेयरमध्ये संस्थापक तर्फ ८० प्रतिशत र सर्वसाधारणतर्फ २० प्रतिशत शेयर स्वामित्व रहेको छ ।


