काठमाडौं । आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मा सञ्चालित १४ वटा निर्जीवन बीमा कम्पनीहरूले ५ अर्ब ३२ करोड ८३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेका छन्। नेपाल बीमा प्राधिकरणको तथ्याङ्क अनुसार समीक्षा अवधिमा ५६ करोड २५ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै हिमालयन एभरेष्ट इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा रहेको छ। त्यसैगरी, ५५ करोड ३२ लाख रुपैयाँ बीमाशुल्क संकलन गर्दै सगरमाथा लुम्बिनी इन्स्योरेन्स दोस्रो स्थानमा रहेको छ
५३ करोड ४६ लाख कुल बीमाशुल्क आर्जन गरी एनएलजी इन्स्योरेन्स तेस्रो स्थानमा रहेको छ।
त्यस्तै, शिखर इन्स्योरेन्स कम्पनीले ५१ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स कम्पनीले ४६ करोड ७६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । आइजिआई प्रुडेन्सियल इन्स्योरेन्स कम्पनीले ४४ करोड ७१ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । ओरिएन्ट इन्स्योरेन्स कम्पनीले ४४ करोड ३७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।
यता, नेको इन्स्योरेन्स कम्पनीले ३८ करोड ८ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीले ३३ करोड २३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेशनल इन्स्योरेन्स कम्पनीले २७ करोड २ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । नेपाल इन्स्योरेन्स कम्पनीले २५ करोड २७ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । सानिमा जिआईसी इन्स्योरेन्स कम्पनीले २४ करोड ३ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ । राष्ट्रिय बीमा कम्पनीले १९ करोड २ लाख र प्रभु इन्स्योरेन्सले १४ करोड ६ लाख रुपैयाँ कुल बीमाशुल्क संकलन गरेको छ ।



