CLI
Global College

आजको मौसम : यी स्थानमा हुनेछ आज भारी वर्षा

काठमाडौं । देशका केही भूभागमा आज भारी वर्षाको सम्भावना छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा उत्तरतर्फ रहँदा वर्षाको सम्भावना रहेको हो ।

दिउँसो कोसी, वाग्मती र गण्डकी प्रदेशको हिमाली र पहाडी भूभाग, कर्णाली प्रदेशको पहाडी क्षेत्र तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार राति सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भूभागको एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ ।

विभागले दिउँसो देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । पहाडी भागका धेरै स्थानमा मध्यमसम्म वर्षा/हिमपातको सम्भावना छ । कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भूभागका धेरै तथा मधेस प्रदेशलगायत वाग्मती र गण्डकी प्रदेशका तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको पूर्वानुमान छ ।

विभागले राति देशभर साधारणतया बादल लाग्ने बताएको छ । हिमाली र पहाडी भूभागका केही स्थानमा मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना छ । तराई भूभागका केही स्थानमा मध्यमसम्म वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।

Leave Your Comment

Related News