CLI
Global College

सोनापुर मिनरल्सको संस्थापक र कर्मचारी शेयरको लकइन असोज २३पछि सकिने

काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको संस्थापक तथा कर्मचारीतर्फको शेयरको लकइन अवधि आगामी असोज २३ गतेपछि समाप्त हुने भएको छ। लकइन अवधि सकिएसँगै ती शेयर कारोबारका लागि योग्य हुनेछन्।

कम्पनीको कुल ३ करोड ७ लाख ५० हजार ५०० कित्ता शेयरमध्ये संस्थापक समूहको १ करोड ८४ लाख ५० हजार ३०० कित्ता र कर्मचारीतर्फको १९ हजार ५०० कित्ता शेयर तीन वर्षका लागि लकइनमा राखिएको थियो।

कम्पनीले २०८० साल असोज २४ गते सर्वसाधारणलाई आईपीओ बाँडफाँट गरेको थियो। सोही मितिदेखि गणना हुने तीन वर्षको लकइन अवधि आगामी असोज २३ गते पूरा हुनेछ। त्यसपछि लकइनमा रहेका संस्थापक तथा कर्मचारीतर्फका शेयर कारोबार गर्न सकिनेछ।

कम्पनीले आफ्नो जारी पूँजीको ४० प्रतिशत अर्थात् १ करोड २३ लाख २०० कित्ता शेयर सर्वसाधारणमा आईपीओमार्फत बिक्री गरेको थियो। कम्पनीको जारी पूँजी ३ अर्ब ७ करोड ५० लाख ५० हजार रुपैयाँ रहेको छ।

कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १२५ रुपैयाँ प्रिमियम थप गरी २२५ रुपैयाँका दरले आईपीओ निष्कासन गरेको थियो। त्यस्तै, सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यमा १३७ रुपैयाँ ५८ पैसा प्रिमियम थप गरी २३७ रुपैयाँ ५८ पैसाका दरले आईपीओ बिक्री गरेको थियो।

कुल आईपीओमध्ये दाङ र रोल्पाका उद्योग प्रभावित स्थानीय बासिन्दाका लागि १५ लाख ३७ हजार ५२५ कित्ता शेयर छुट्याइएको थियो। त्यसमध्ये १ लाख ३४ हजार ५२० कित्ता मात्र बाँडफाँट भएको थियो। बाँडफाँट हुन नसकेको १४ लाख ३ हजार ५ कित्ता शेयर सर्वसाधारणतर्फ थप गरिएको थियो।

त्यस्तै, सार्वजनिक निष्कासनको १० प्रतिशतले हुने १२ लाख १६ हजार ५६८ कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको थियो। सामूहिक लगानी कोषका लागि ६ लाख ८ हजार २८४ कित्ता र कर्मचारीका लागि ६ लाख ८ हजार २८४ कित्ता शेयर छुट्याइएको थियो। बाँकी शेयर सर्वसाधारणमा बाँडफाँट गरिएको थियो।

सोनापुर मिनरल्स एण्ड आयलले दाङ जिल्लामा क्लिंकर तथा सिमेन्ट उत्पादन गर्दै आएको छ। कम्पनीले २०६९ साल जेठ १८ गतेदेखि व्यावसायिक उत्पादन सुरु गरेको हो।

Leave Your Comment

Related News