CLI
Global College

सांग्रिला डेभलपमेन्ट बैंकको साढे ७ हजार कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकका संस्थापक सेयरधनी टेल बहादुर पुनको नाममा रहेको ७ हजार ५१० कित्ता सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर हाल कायम संस्थापक सेयरधनीहरुले मात्रै खरिद गर्न पाउने गरि बिक्रीमा राखिएको हो । सेयर किन्न इच्छुक सेयरधनीहरुले सूचना प्रकाशति भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ । यस अवधिभित्र आफूले खरीद गर्न चाहेको सेयर विवरण खुलाई काठमाडौंको बालुवाटारस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

बैंकले तोकिएको समयभित्र बैंकका संस्थापक सेयरधनीबाट सेयर खरिदका लागि कुनै पनि निवेदन पेश नभएमा बैंकले प्रचलित कानून बमोजिम अन्य व्यक्ति वा संस्थालाई उक्त सेयर बिक्री गरिने जनाइएको छ ।

Leave Your Comment

Related News