RE
Global College

प्राविधिक समस्याका कारण आज नेप्सेमा सेयर कारोबार नहुने

काठमाडौं ।  डाटा सेन्टरमा प्राविधिक समस्या उत्पन्न भएपछि नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले आज (असोज ५ गते) का लागि तय भएको नियमित सेयर कारोबार स्थगित गरेको छ।

नेप्सेका ७२ वटा कारोबार सदस्य (ब्रोकर) कम्पनीहरूको सर्भर राखिएको डाटा हब प्रा.लि.मा असोज ४ गते बिहानदेखि नै प्राविधिक समस्या आएको थियो। उक्त समस्या समाधानका लागि निरन्तर प्रयास भइरहे तापनि हालसम्म पूर्ण रूपमा समाधान हुन सकेको छैन।

यथास्थितिमा कारोबार सञ्चालन गर्दा नेप्सेको प्रणालीमा समेत थप क्षति पुग्न सक्ने जोखिम देखिएकाले स्टक ब्रोकर एसोसिएसन अफ नेपालले आजको नियमित कारोबार सत्र स्थगन गर्न नेप्सेलाई निवेदन दिएको थियो।

सोही निवेदन तथा विद्यमान जोखिमलाई ध्यानमा राख्दै नेप्सेले धितोपत्र सूचीकरण तथा कारोबार नियमावली, २०७५ को नियम २१ (१) अनुसार असोज ५ गतेको सम्पूर्ण कारोबार स्थगित गर्ने निर्णय गरेको हो। प्राविधिक अवरोधका कारण लगानीकर्तामा पर्न गएको असुविधाप्रति नेप्सेले क्षमायाचना समेत गरेको छ।

NECO

Leave Your Comment

Related News