काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हिमालयन ८०–२० को सेयर मूल्य समायोजन भएको छ । प्रतिफल वितरण प्रयोजनार्थ फण्डले बुकक्लोज गरेसँगै नेप्सेले मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नेप्सेले फण्डको १५ प्रतिशत नगद लाभांश समायोजन गरेको हो । समायोजनपश्चात फण्डको इकाईमूल्य ११ रुपैयाँ २ पैसा कायम भएको छ । नेप्सेले गत शुक्रबारको अन्तिम मूल्यका आधारमा फण्डको सेयरमूल्य समायोजन गरेको हो । गत शुक्रबार फण्डको इकाई प्रतिकित्ता १२ रुपैयाँ ५२ पैसामा अन्तिम कारोबार भएको थियो । यही समायोजित मूल्यलाई आधार मानेर मंगलबार दोस्रो बजारमा फण्डको इकाई खरिद बिक्री हुने छ ।



