RE
Global College

सूर्योदय वोमी लघुवित्तको ५६ हजार बढी कित्ता संस्थापक सेयर बिक्रीमा

काठमाडौं । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले ५६ हजार भन्दा बढी कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले संस्थापक सेयरधनी किशोरी थापाको नाममा रहेको ५६ हजार ४३५ कित्ता सेयर बिक्रीमा राखेको हो ।

संस्थापक सेयर बिक्री गर्दा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई हुने भएकाले उक्त सेयर खरिदका लागि संस्थापक सेयरधनीहरुका लागि नै आवेदन माग गरिएको थियो । तर, तोकिएको समयमा अवधिमा संस्थापक सेयरधनीहरुबाट आवेदन नआएकाले अब आम रुपमा सबैले किन्न पाउने गरि उक्त सेयर बिक्रीमा राखिएको कम्पनीले जनाएको छ ।

सेयर किन्न इच्छुक सस्थापक तथा सर्वसाधारण व्यक्तिहरुले ३५ दिन भित्र आवश्यक कागजात सहित आवेदन दिनु पर्ने छ । आवेदन संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी–०४, ललितपुर वा सेयर रजिष्ट्रार, कुमारी क्यापिटल लिमिटेड काठमाडौं–१ नक्साल, नागपोखरी आईपुग्ने गरी आवेदन दिनु पर्ने छ ।

Leave Your Comment

Related News