काठमाडौं । हिमालय उर्जा विकास कम्पनी लिमिटेडले वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीको असोज १८ गते बसेको सञ्चालक समितिको बैठकले आफ्नो २६ औँ वार्षिक साधारणसभा कार्तिक १६ गतेका लागि आह्वान गरेको हो ।
सभा अर्पण वैक्विट, थापागाऊँ, नयाँबानेश्वर, काठमाडौंमा बिहानको ११ बजेदेखि सुरु हुने छ । सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक प्रतिवेदन प्रस्तुत, छलफल तथा स्वीकृत गर्ने , लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०८२ ÷ ०८३ को वासलात, नाफा नोक्सान हिसाव र नगद प्रवाह लगायतका वित्तिय विवरणहरु छलफल तथा स्वीकृत गर्ने छ ।
त्यस्तै सभाले आर्थिक वर्ष २०८३/०८४ को लेखा परिक्षक नियुक्ती र निजको पारिश्रमिक तोक्ने, सञ्चालकको पारिश्रमिक घटाइएको, बाँकी अवधिका लागि भएको स्वतन्त्र सञ्चालकको नियुक्ती अनुमोदन गर्ने लगायतका विविध प्रस्ताव पारित गर्नेछ ।



