RE
Global College

म्याक्स टाइगरको क्यान खोल्दा चम्कियो भाग्य , नरबहादुर र धनगढीका मोहनले जिते स्कुटर र मोटरसाइकल

काठमाडौं । म्याक्स टाइगर इनर्जी ड्रिंकको ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियानअन्तर्गत दुई भाग्यशाली उपभोक्ताले आकर्षक पुरस्कार जितेका छन्। पुरस्कार जित्नेहरूमा बुटवलका नरबहादुर ठोकरले यामाहा रे जेडआर स्कुटर र धनगढीका मोहन श्रेष्ठले यामाहा एफजेड एफआई मोटरसाइकल जितेका छन्। यसअघि बनेपाका कुमार राज र धादिङका संजोग रिमालले मोटरसाइकल तथा सुर्खेतका किशोर जंग शाहले स्कुटर जितिसकेका छन्। कम्पनीको अनुसार ५ जना विजेता बनिसकेका छन् भने ‘एनर्जाइज्ड दशैं धमाका २०२६’ अभियान अझै जारी रहेकाले पुरस्कार जित्ने अवसर अझै बाँकी रहेको कम्पनीले जनाएको छ। म्याक्स टाइगरको प्रत्येक क्यानसँग जोडिएको सरप्राइजले उपभोक्तामा थप उत्सुकता जगाएको छ। यो दशैंमा म्याक्स टाइगरको क्यान खोल्दा स्वाद र ऊर्जासँगै ‘के थाहा, अर्को पुरस्कार आफ्नै नाममा पो छ कि’ भन्ने उत्सुकता पनि थपिरहेको छ।

 

NECO

Leave Your Comment

Related News