RE
Global College

पश्चिमी वायु र न्यूनचापीय प्रणाली सक्रिय, कस्तो रहला आजको मौसम ? 

काठमाडौं । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार ‘आजसम्म पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहने सम्भावना छ ।

हाल देशको हिमाली भू–भाग तथा गण्डकी, कर्णाली र लुम्बिनी प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली भएको छ। बाँकी प्रदेशका पहाडी भू–भागमा आंशिक बादलमय मौसम छ ।
गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा पनि आंशिक बदली देखिएको छ भने बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहेको छ। यस्तै गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

आज शनिबार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भू–भागमा साधारणतया बदली हुनेछ भने बाँकी प्रदेशका हिमाली भू–भागमा आंशिक बदली रहनेछ । देशका पहाडी भू–भागमा आंशिक बादलमय मौसम रहनेछ।  मधेस तथा कोशी, बागमती र गण्डकी प्रदेशको तराई भू–भागमा आंशिक बदली हुनेछ भने लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाले जनाए अनुसार ‘देशको हिमाली भू–भाग तथा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा’ मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना रहेको छ ।

NECO

Leave Your Comment

Related News