RE
Global College

पश्चिमी वायुको प्रभाव, कस्तो रहला आजको मौसम ? 

काठमाडौं । देशमा हाल पश्चिमी वायुको आंशिक प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यसको प्रभावका कारण हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी भू–भाग र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बदली देखिएको छ ।

देशका बाँकी भू–भागमा भने मौसम मुख्यतया सफा रहेको छ । आज मंगलबार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली भू–भागमा आंशिक बदली रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भू–भाग र देशका तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ ।

कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा वा हिमपात हुने सम्भावना छ। महाशाखाले यी क्षेत्रमा आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ ।

NECO

Leave Your Comment

Related News