Global College

आइसीएफसी फाइनान्सको डीसीईओमा जैसी नियुक्त

काठमाडौं । आइसीएफसी फाइनान्स लिमिटेडको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा लक्ष्मणप्रसाद जैसी नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको मंसिर १ गते मंगलबार अपरान्ह ३ बजे बसेको ३८०औं बैठकले कम्पनीमा नायब महाप्रबन्धकको रूपमा कार्यरत जैसीलाई डीसीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।

उनलाई आजै मंसिर २ गतेदेखि लागू हुने गरी नायब नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) पदमा नियुक्त गरिएको हो ।

NECO

Leave Your Comment

Related News