काठमाडौं । विहिबार नेप्से परिसूचक ३.६२ अंकले बढेर २६२८.६७ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४७ वटा कम्पनीको ९४ लाख ३७ हजार ८४२ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ३ अर्ब ८७ करोड ७६ लाख रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा कारोबार रकम ८८ करोड ३५ रुपैयाँले घटेको छ। बुधबार कारोबार रकम ४ अर्ब ७६ करोड ११ लाख रुपैयाँ थियो।
यस दिन सेन्सेटिभ इण्डेक्स ०.७८ अंकले बढेको छ भने फ्लोट इण्डेक्स ०.३१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.१८ अंकले बढेको छ। यस दिन ५ उप समूह बढेका छन् भने ८ वटा उप समूह घटेका छन। । बैंकिङ ०.५४ प्रतिशतले, वित्त ०.३५, होटल्स तथा पर्यटन समूह १.२९,उत्पादन र प्रशोधन ०.६७, र व्यापार समूह ०.२३ प्रतिशतले बढेका छन्। विकास बैंक ०.०४ प्रतिशत, जलविद्युत ०.०५, लगानी ०.३८, जीवन बीमा ०.२२, लघुवित्त ०.१५, म्युअुचल फण्ड ०.०२ निर्जीवन बीमा ०.३० र अन्य समूह ०.५३ प्रतिशतले घटेको छ ।
बोटलर्स नेपालको शेयरमूल्य यस दिन सर्वाधिक ६ प्रतिशत बढेको छ। त्यस्तै, बोटलर्स नेपाल (तराई) को शेयरमूल्य साढे ५ प्रतिशतभन्दा बढी बढेको छ भने गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्य करिब ५ प्रतिशत बढेको छ।कारोबार रकमका आधारमा यस दिन एनआईसी एशिया बैंक पहिलो स्थानमा रहेको छ। यस दिन बैंकको १६ करोड ७८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। बैंकले ५० प्रतिशत हकप्रद शेयर निष्काशन प्रयोजनार्थ मंसिर ११ गते बुकक्लोज गर्दैछ। त्यस्तै, यस दिन पिपुल्स हाइड्रोपावर कम्पनीको १५ करोड रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ भने सेन्ट्रल फाइनान्सको कारोबार रकम साढे १२ करोड रुपैयाँ नाघेको छ।



