काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले गार्ड अफ अनर ग्रहण गरेका छन् ।
नयाँ दिल्लीस्थित राष्ट्रपति भवन परिसरमा प्रधानमन्त्री शाहलाई भारत सरकारको तर्फबाट सम्मानस्वरुप गार्ड अफ अनर प्रदान गरिएको हो ।
राजकीय भ्रमणमा विशिष्ट पाहुनाको सम्मानमा गार्ड अफ अनर प्रदान गर्ने प्रचलन छ । सो अबसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलगायतको उपस्थिति रहेको थियो ।



