काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले करिब साढे १ लाख कित्ता सेयर बिक्रीमा राखेको छ । कम्पनीले १ लाख ४९ हजार ५१ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयरमध्ये ९२ हजार ८८३ कित्ता संस्थापक सेयरधनीहरूले र ५६ हजार १६८ कित्ता सर्वसाधारणले किन्न पाउने गरी बिक्रीमा राखेको छ । उक्त ९२ हजार ८८३ कित्ता संस्थापक सेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक सेयरधनीहरूले आगामी ३५ दिनभित्र र ५६ हजार १६८ कित्ता सेयर खरीद गर्न चाहने सर्वसाधारणले आगामी १५ दिनभित्र लिखित निवेदन पेश गर्नु पर्नेछ । निवेदन भक्तपुरको लोकन्थलीस्थित कम्पनीको कर्पाेरेट कार्यालयमा दिनु पर्नेछ ।



