CLI
Global College

मुक्तिनाथ क्यापिटलको साधारणसभा आह्वान, यस्ता छन् एजेण्डा

काठमाडौं । मुक्तिनाथ क्यापिटलले साधारणसभा आह्वान गरेको छ । कम्पनीको भदौ ११ गते बसेको सञ्चालक समितिको बैठकले १७ औँ वार्षिक साधारणसभाको मति घोषणा गरेको हो ।

उक्त सभा असोज ८ गते मुक्तिनाथ विकास बैंकमा अपरान्ह साढे १२ बजेदेखि सुरु हुने छ । सभामा १७ औं बार्षिक साधारण सभाका लागि सञ्चालक समितिको तर्फबाट अध्यक्षको प्रतिबेदन उपर छलफल गरी पारित गर्ने एजेण्डा रहेको छ । त्यस्तै लेखापरिक्षकको प्रतिबेदन सहितको २०८३ आसार मसान्तको वासलात र सोहि मितिमा समाप्त आ.ब.२०८२/०८३को नाफा नोक्सान हिसाब तथा नगद प्रबाह विवरण र सम्बन्धित अनुसूचीहरु छलफल गरी पारित गर्ने, सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम ५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्न पारित गर्ने, आ.व.२०८३/०८४ को लागि लेखापरिक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र सञ्चालक नियुक्ति अनुमोदन गर्ने एजेण्डा माथि छलफल गरि पारित गर्ने कार्यसूची रहेको छ ।

Leave Your Comment

Related News