CLI
Global College

बढ्यो नेप्से, कारोबार रकममा पनि वृद्धि

काठमाडौं । विहीबार नेप्से परिसूचक ४.६६ अंकले बढेर २५४२.७७ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३४६ वटा कम्पनीको १ करोड २१ लाख ६३ हजार  ७६३  कित्ता शेयर कारोबार हुँदा ३ अर्ब ४६ करोड ५२ लाख रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा कारोबार रकम ५२ करोड २५ लाख रुपैयाँले बढेको हो । मंगलबार कारोबार रकम २ अर्ब ९४ करोड २७ लाख रुपैयाँ थियो।

यस दिन, सेन्सेटिभ इन्डेक्स ०.३१ अंकले बढेर ४४९.५० विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.१५ र सेन्सेटिभ फोल्ट इन्डेक्स भने ०.१७२ अंकले घटेको छ ।

यस दिन ९ उप समूह बढेका छन् भने । ४ उप समूह घटेका छन् । बैंकिङ ०.२४ प्रतिशतले,विकास बैंक ०.२०, होटल्स तथा पर्यटन समूह ०.०९,लगानी १.२६, जीवन बीमा ०.०८, उत्पादन र प्रशोधन ०.४६, लघुवित्त ०.२७, म्युअुचल फण्ड ०.१७ र व्यापार समूह १.०९ प्रतिशतले बढेका छन्। वित्त ०.३४, , जलविद्युत ०.२३, अन्य समूह ०.३६  र निर्जीवन बीमा ०.२८ प्रतिशतले घटेको छ ।

यस दिन विन नेपाल लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ८.७६ प्रतिशत बढेको छ। त्यस्तै,चिरख्वा हाइड्रोपावरको शेयरमूल्य  ८.५६ प्रतिशत बढेको छ भने आशा लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य करिब साढे ८ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन रिलायन्स स्पिनिङ्ग मिल्स पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ४० करोड ९० लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सानिमा मिडिल तमोर हाइड्रोपावरको करिब साढे १३ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने सोलु हाइड्रोपावरको कारोबार रकम साढे १२ करोड रुपैयाँ नाघेको छ।

Leave Your Comment

Related News