CLI
Global College

केरुङबाट तातोपानी हुँदै ११४ नेपाली स्वदेश फर्कँदै

काठमाडौं ।  चीनको केरुङमा रहेका ११४ जना नेपाली नागरिक आज तातोपानी नाका हुँदै स्वदेश फर्कँदै छन्। सामाजिक सञ्जालमा उनीहरूलाई ‘उद्धार गरिएका व्यक्ति’ भनी प्रचार गरिए पनि त्यो सत्य नभएको र उनीहरू मुख्यतया व्यापार व्यवसायका लागि नियमित आउजाउ गर्ने रसुवाका पासवाहक नागरिक रहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर क्षेत्रीले स्पष्ट पारेका छन्। हाल केरुङमा करिब १,४०० नेपाली नागरिक रहेको र चाँडै स्वदेश फर्कन चाहनेहरूका लागि चिनियाँ पक्षसँग आवश्यक समन्वय भइरहेको छ भने बाढी आएको दिनदेखि सीमाको चिनियाँ भूभागबाट करिब १०० जना नेपाली नागरिक अझै सम्पर्कविहीन रहेका छन्।

मन्त्रालयका अनुसार विपद्का कारण घरपरिवार र आफन्त गुमाएका वा तत्काल स्वदेश फर्कनुपर्ने अवस्थामा रहेका नेपालीहरूलाई प्राथमिकताका साथ ल्याउन चिनियाँ पक्षसँग समन्वय भइरहेको छ। वैकल्पिक मार्ग प्रयोग गरेर भए पनि उनीहरूलाई छिट्टै नेपाल ल्याउने व्यवस्था मिलाइने मन्त्रालयले जनाएको छ।

Leave Your Comment

Related News