CLI
Global College

पृथ्वी राजमार्गको परेवाभिर खण्ड १२ घण्टा पूर्ण बन्द

धादिङ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित परेवाभिर सडक खण्डमा शनिबार १२ घण्टा सवारी आवागमन पूर्ण रूपमा बन्द हुने भएको छ।

भोटेकोशी नदीमा भदौ १० गते आएको बाढीका कारण परेवाभिर क्षेत्रमा सडकमा क्षति पुगेपछि उक्त खण्डमा हाल एकतर्फी रूपमा सवारी सञ्चालन हुँदै आएको थियो। क्षतिग्रस्त सडकको मर्मत तथा सुधार कार्य गर्नुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय धादिङले शनिबार बिहान ६ बजेदेखि बेलुका ६ बजेसम्म सडक पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको हो।

प्रशासनका अनुसार सडक मर्मतको अवधिमा एम्बुलेन्स र शववाहनबाहेक अन्य सबै सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ।

सडक बन्द हुने भएपछि यात्रु तथा सवारीचालकलाई वैकल्पिक मार्ग प्रयोग गरी यात्रा गर्न जिल्ला प्रशासन कार्यालयले आग्रह गरेको छ।

सडक मर्मतका कारण यात्रु तथा सवारीचालकमा पर्न जाने असुविधाप्रति प्रशासनले क्षमासमेत मागेको छ।

Leave Your Comment

Related News