CLI
Global College

माथिल्लो मैलुङ जलविद्युतको ८४ लाखभन्दा बढी कित्ता शेयरको लकइन कात्तिक २ गतेपछि सकिने

काठमाडौं । माथिल्लो मैलुङ खोला जलविद्युतको ८४ लाख ९० हजार ८०० कित्ता शेयरको लकइन आगामी कात्तिक २ गतेपछि सकिने भएको छ । कम्पनीको संस्थापक तर्फको ७० लाख कित्ता र आयोजना प्रभावित स्थानीय तर्फको १४ लाख ९० हजार ८०० कित्ता शेयरको लकइन आगामी कात्तिक २ गतेपछि सकिने भएको हो ।

कम्पनीले सर्वसाधारण लगानीकर्तामा २०८० साल कात्तिक ३ गते आईपीओ बाँडफाँट गरेको थियो । उक्त अवधिदेखि तीन वर्षका लागि लकइनमा रहेका यी शेयर कात्तिक २ गतेपछि भने कारोबारयोग्य हुनेछन् । यस कम्पनीको कुल १ करोड कित्ता शेयर धितोपत्र दोस्रो बजारमा सूचीकृत रहेको छ । कुल कित्ता शेयरमा सर्वसाधारणतर्फ ३० र संस्थापक तर्फ ७० प्रतिशत स्वामित्व छ ।

Leave Your Comment

Related News