काठमाडौं । रेलायन्स सिपनिङ्ग मिल्सले नगद लाभंश घोषणा गरेको छ । २९ गते बसेको ४२२ औ सञ्चालक समिति बैठकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई करसहित ३० प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। प्रस्तावित लाभांशका लागि कुल ५७ करोड रुपैयाँ छुट्याएको छ।
सो नगद लाभांश प्रस्ताव पारित गर्न कम्पनीले असोज २२ गते, बिहीबार, अनुपम फुड ल्याण्ड एण्ड बैंक्वेट, बत्तीसपुतली, काठमाडौँमा ३२ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ९ बजे शुरु हुनेछ।
सभा प्रयोजनका लागि कम्पनीले असोज १४ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ असोज १४ गतेभन्दा अघिसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।



