काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारमा सर्वदलीय बैठक सुरु भएको छ।
बैठकमा उच्चस्तरीय राजनीतिक संयन्त्र गठनको विषयमा छलफल हुने रास्वपा प्रवक्ता जगदीश खरेलले जानकारी दिएका छन्।
त्यस्तै, बैठकमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनलगायत समसामयिक विषयमा पनि छलफल हुने बताइएको छ।
देशमा देखिएका विभिन्न विपद्का घटना तथा त्यसबाट उत्पन्न चुनौतीलाई सम्बोधन गर्न राजनीतिक दलहरूबीच सहकार्य र समन्वयका विषयमा समेत बैठकमा छलफल हुने जनाइएको छ।



