RE
Global College

ट्रेडमार्क दाबी विरोध गर्न उद्योग विभागको ९० दिने सूचना

काठमाडौं । उद्योग विभागले ट्रेडमार्क दर्ताका लागि प्राप्त आवेदनमाथि दाबी विरोध गर्न ९० दिनको समय दिएको छ ।

विभागको औद्योगिक सम्पत्ति शाखाले पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १८ (९) बमोजिम दर्ता प्रयोजनका लागि प्राप्त ट्रेडमार्क आवेदनसम्बन्धी सूचना सार्वजनिक गरेको हो ।

विभागका अनुसार ट्रेडमार्कसम्बन्धी सूचना २०८३ भदौ ३१ गतेको औद्योगिक सम्पत्ति बुलेटिनमा प्रकाशित गरिएको छ । प्रकाशित ट्रेडमार्क चिन्हमा कसैको दाबी वा विरोध भएमा सूचना प्रकाशित भएको मितिले ९० दिनभित्र उद्योग विभाग, त्रिपुरेश्वर, काठमाडौंमा रीतपूर्वक उजुरी दिन सकिनेछ ।

विभागले सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको जनाएको छ ।

यसअघि आवेदन गरिएका तर उक्त बुलेटिनमा प्रकाशन नभएका ट्रेडमार्कको दाबी विरोधसम्बन्धी सूचना आगामी औद्योगिक सम्पत्ति बुलेटिनमा समावेश गरी प्रकाशित गरिने विभागले जनाएको छ । त्यस्ता ट्रेडमार्कका हकमा थप कारबाहीका लागि सम्बन्धित आवेदकले विभागमा सम्पर्क गर्नसमेत सूचित गरिएको छ।

Leave Your Comment

Related News