काठमाडौं । बुधबार घटेको शेयर बजार बिहीबार बढेको छ । बिहीबार नेपाल स्टक एक्सचेन्ज , नेप्से ११.९३ अंकले बढेर २६२४.३६ विन्दुमा पुगेर बन्द भएको हो । यसदिन सेन्सेटिभ इन्डेक्स २.०७ अंकले बढेर ४६५.७५ विन्दुमा पुगेर बन्द भएको छ । त्यस्तै फोल्ट इन्डेक्स ०.९५ र सेन्सेटिभ फोल्ट इन्डेक्स ०.८३ अंकले बढेको हो ।
बिहीबार करोबार रकम ५ अर्ब ४९ करोड ९३ लाख पुगेको छ । यसदिन ३३९ वटा कम्पनीको १ करोड ३६ लाख ४९६ कित्ता शेयर ५१ हजार ७२८ पटक खरिद बिक्री हुँदा उक्त कारोबार रकम पुगेको हो । बुधबारको तुलनामा कारोबार रकम करिब ११ करोडले बढेको छ । बुधबार ५ अर्ब ३८ करोडको कारोबार भएको थियो ।
यसदिन सबै ११ वटा उपसमूह बढ्दा २ वटा उपसमूह घटेको छ । बैंकिङ ९, विकास बैंक २१, वित्त ५, होटल र पर्यटन ६१, जलविद्युत २३, जीवन बीमा १२६, उत्पादन र प्रशोधन ३०, लघुवित्त २५, म्युअुचल फण्ड ०.१२, निर्जीवन बीमा ५ र व्यापार ७ अंकले बढ्दा लगानी ०.१८ र अन्य समूह ०.८१ अंकले घटेको हो ।
यसदिन १७७ वटा कम्पनीको शेयर मूल्य बढ्दा ८५ वटा कम्पनीको शेयर मूल्य घटेको भने १६ वटा कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
यसदिन सर्वाधिक कमाउने कम्पनीहरुमा धौलागिरी लघुवित्त वित्तीय संस्था, नारयाणी विकास बैंक र माउन्टेन हाइड्रो रह्यो । धौलागिरी लघुवित्त वित्तीय संस्थाको १२ प्रतिशत, नारयाणी विकास बैंकको ६ प्रतिशत र माउन्टेन हाइड्रोको ६ प्रतिशतले शेयर मूल्य बढ्यो । सर्वाधिक गुमाउनेमा हाथवेय इन्भेष्टमेन्ट कम्पनी नेपाल, सानिमा लार्ज क्याप फण्ड र लक्ष्मी भ्यालु फण्ड रह्यो । हाथवेय इन्भेष्टमेन्ट कम्पनी नेपालको ३ प्रतिशत, सानिमा लार्ज क्याप फण्डको ३ प्रतिशत र लक्ष्मी भ्यालु फण्डको पनि ३ प्रतिशतले शेयर मूल्य घट्यो ।



