RE
Global College

त्रिशूली-१ जलविद्युत् आयोजनामा बेपत्ता ११ जनाको शव फेला

काठमाडौं । रसुवास्थित भोटेकोसी नदीमा गत भाद्र १० गते आएको विनाशकारी बाढीका कारण माथिल्लो त्रिशूली-१ जलविद्युत् आयोजनामा सम्पर्कविहीन भएका व्यक्तिको खोजीका क्रममा शनिबार ११ जनाको शव उद्धार गरी बाहिर निकालिएको छ।

सम्बन्धित आयोजनाका प्रतिनिधिसहित परिचालन भएको संयुक्त उद्धार टोलीले खोजी गर्ने क्रममा आयोजनाको अडिट-३ टनेल (सुरङ्ग) को जालीभित्र अल्झिएको र हिलोमा दबेको अवस्थामा शवहरू फेला पारेको हो। उद्धार टोलीले असोज ३ गते  १२:३० बजेसम्म ११ वटा शव बाहिर निकाल्न सफल भएको छ।

बाढीका कारण अझै केही व्यक्तिहरू सम्पर्कविहीन रहेकाले बाँकीको खोजी तथा उद्धार कार्य टोलीद्वारा निरन्तर जारी राखिएको छ।

Leave Your Comment

Related News