RE
Global College

दर्ता नभएका औषधि बिक्री रोक्न आयुर्वेद चिकित्सा परिषद्को अनुरोध

काठमाडौं । आयुर्वेद चिकित्सा परिषद् नेपालले दर्ता नभएका औषधिको बिक्री–वितरण तथा विभिन्न रोगको नाममा भ्रामक विज्ञापन र प्रचारप्रसार नगर्न पक्षसँग अनुरोध गरेको छ ।

परिषद्ले जारी गरेको सूचनामा क्यान्सर, पाइल्सलगायत विभिन्न रोग निको पार्ने दाबी गर्दै औषधिको प्रचार गर्ने, जटिल रोगको नाम लिएर उपचारबाट शतप्रतिशत निको हुने तथा निको नभए पैसा फिर्ता हुनेजस्ता दाबी गर्ने कार्यप्रति ध्यानाकर्षण गराएको हो ।

परिषद्का अनुसार यस्ता गतिविधिले सर्वसाधारणलाई भ्रमित पार्ने भएकाले त्यस्ता विज्ञापन तथा प्रचारप्रसार रोक्न आग्रह गरेको हो । सूचनामा कानुनविपरीत यस्ता गतिविधि सञ्चालन वा गराइएको भए १५ दिनभित्र त्यस्ता गतिविधि बन्द गर्न÷गराउन अनुरोध गरिएको छ ।

परिषद्ले जारी गरेको सूचनाको अवज्ञा गरी अवाञ्छनीय कार्य गरेको पाइएमा कानुनबमोजिम कारबाही गरिने जनाएको छ ।

Leave Your Comment

Related News