RE
Global College

एपोलो हाइड्रोपावरको ४७ हजार कित्ता सेयरको लकइन अवधि सकिंदै

काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडको ४७ हजार कित्ता सेयरको लकइन अवधि कात्तिकमा सकिने भएको छ । सामूहिक लगानी कोषका लागि छुट्याइएको ४७ हजार कित्ता साधारण सेयरको लक–इन अवधि कात्तिक १० गते समाप्त हुने भएको हो ।

कम्पनीले नेपाल धितोपत्र बोर्डको स्वीकृतिअनुसार सर्वसाधारणका लागि निष्कासन गरेको साधारण सेयरमध्ये ५ प्रतिशत सेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँडफाँड गरेको थियो । सामूहिक लगानी कोषका लागि छुट्याइएको उक्त ४७ हजार कित्ता सेयरको लक–इन अवधि सर्वसाधारणलाई सेयर बाँडफाँड भएको मितिले ६ महिनापछि समाप्त हुने व्यवस्था छ ।

Leave Your Comment

Related News