RE
Global College

एजेन्सी दर्तासम्बन्धी नियम व्यवसायमैत्री बनाउन नाइमाको आग्रह

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चरर्स एसोसिएसन (नाइमा) को प्रतिनिधिमण्डलले उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहसँग भेट गरी एजेन्सी दर्तासम्बन्धी नियमका कारण अटोमोबाइल व्यवसायमा परेको प्रभावबारे छलफल गरेको छ। भएको भेटमा नाइमा प्रतिनिधिमण्डलले एजेन्सी दर्ता गर्दा वा नयाँ वस्तु थप गर्दा कम्पनीको पुँजीको शून्य दशमलव पाँच प्रतिशत धरौटी बुझाउनुपर्ने व्यवस्थाका साथै नियममा ‘वस्तु’को परिभाषा स्पष्ट नभएको विषयमा मन्त्री साहको ध्यानाकर्षण गराएको हो।

एउटै ब्रान्डका विभिन्न मोडललाई छुट्टाछुट्टै वस्तुका रूपमा व्याख्या गरी प्रत्येक मोडलका लागि अलग–अलग धरौटी माग्दा व्यवसायीको ठूलो रकम लामो समयसम्म रोकिएर आर्थिक भार थपिने नाइमाले जनाएको छ।

नाइमाले ‘वस्तु’को परिभाषा स्पष्ट पार्न तथा एउटै ब्रान्डका विभिन्न मोडलका लागि छुट्टाछुट्टै धरौटी लिनुपर्ने व्यवस्था हटाउन सरकारसँग आग्रह गरेको छ। यस विषयमा नाइमाले यसअघि पनि मन्त्रालयमा लिखित सुझाव पेस गरिसकेको जनाएको छ।

छलफलका क्रममा मन्त्री साहले नाइमाले उठाएका विषयलाई सकारात्मक रूपमा लिँदै यसअघि भएका निर्णयहरूको पुनरावलोकन गर्ने बताएका छन्। उनले एजेन्सी दर्तासम्बन्धी नियमलाई व्यवसायी तथा उद्यमीमैत्री बनाउने गरी आवश्यक प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

मन्त्रालयको सकारात्मक पहलप्रति आभार व्यक्त गर्दै नाइमाले नियम पुनरावलोकनका क्रममा आवश्यक तथ्य, विवरण तथा सुझाव उपलब्ध गराएर मन्त्रालयसँग सहकार्य गर्न तयार रहेको जनाएको छ।

भेटमा नाइमाका बोर्ड सदस्य निराकार श्रेष्ठ र उदयन काब्रा, रणनीति तथा सदस्यता मामिला समितिका संयोजक आकाश गोल्छा, नाइमाका सदस्य कम्पनी शशीला मोटर्स प्रालि, ओम्नी मोटर्स प्रालि, स्पार्क अटोमोटिभ्स प्रालि र कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका प्रतिनिधि तथा नाइमाका कार्यकारी निर्देशक राजकुमार दुलाललगायत सहभागी थिए।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार ठाउँठाउँमा पहिरो झरिरहेकाले सडक सञ्चालनमा समस्या भएको हो । सडकमा रोकिएर बसेका पोखरातर्फ जाने र नारायणगढतर्फ आउने सवारीसाधनलाई आज दिउँसो पार गराइएको छ । दुवै सडकका विभिन्न ठाउँहरूमा ढुङ्गा र लेदोसहितको पहिरो खसिरहेकाले सञ्चालनमा ल्याउन नसकिएको उनले बताए ।

सडकलाई एकतर्फी खुलाएर दिउँसो रोकिएका सवारी कटाइएको हो । सडक रोकिएसँगै बिहीबारदेखि आएका सवारीसाधन सडकमा अलपत्र परेका छन् । जोखिमलाई मध्यनजर गर्दै स्थानीय प्रशासनले सवारी सञ्चालनमा रोक लगाएको हो ।

Leave Your Comment

Related News