काठमाडौं । विद्युत नियमन आयोगले राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडलाई हकप्रद सेयर निष्काशन गर्ने अनुमति दिएको छ।
आयोगले कम्पनीलाई १ बराबर ०.२५१४ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो। यस अनुसार कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ३० करोड ८१ लाख २६ हजार २५४ रुपैयाँ ३४ पैसा बराबरको ३० लाख ८१ हजार २६२ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ।
गत पुस २९ गते सम्पन्न कम्पनीको वार्षिक साधारण सभाले निर्णय गरी १ बराबर ०.४६६१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने अनुमति मागेकोमा आयोगले असोज ८ गते १ बराबर ०.२५१४ अनुपातमा हकप्रद सेयर निष्काशन गर्न स्वीकृती दिएको हो।




