नेप्से ‘करेक्सन’ हुदाँ ३४ अंकले घट्यो, सवा १ अर्बले घट्यो करोबार रकम

काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा सुधार देखिएको छ । पछिल्लो सयम निरन्तर बढेको नेप्से आइतबार ३४.४७ अंकले घटेर २९६६.३३ विन्दुमा पुगेर बन्द भएको छ । क वर्गको मापन गर्ने सेन्सेटिभ इन्डेक्स ६.६५ अंकले घटेर ५२८.८५ विन्दुमा पुगेर बन्द भएको छ ।
आइतबार ४७ वटा कम्पनीको सेयर मूल्य बढ्दा १९७ वटा कम्पनीको सेयर मूल्य घटेको छ । आइतबार ३३० वटा कम्पनीको ६ करोड ५४ लाख ७५ हजार ३६६ कित्ता सेयर ३ लाख ९१८ पटक कारोबार हुदाँ कारोबार रकम २८ अर्ब ८३ अर्ब ६९ करोड ९७ लाख ३७६ रह्यो । यो सँगै बिहीबारको तुलनामा कारोबार रकममा १ अर्ब १२ करोड १५ लाख रुपैयाँले कमी आएको छ । बिहीबार ३३४ वटा कम्पनीको ६ करोड ८९ लाख ८० हजार ३४६ कित्ता सेयर ३ लाख ११ हजार ५३६ पटक कारोबार हुदाँ कारोबार रकम २९ अर्ब ९५ करोड ८५ लाख १९ हजार २१६ रुपैयाँ ९५ पैसा रहेको थियो ।

आइतबार ४ वटा समूहको सेयर मूल्य बढ्दा बाँकी ९ वटा समूहको सेयर मूल्य घटेको छ । बैकिङ १४.१८, जीवन बीमा १.६७, म्युअुचल फण्ड ०.०८ र निर्जीवन बीमा ६६.७३ अंकले बढेको छ । भने विकास बैंक १२९.८८, वित्त १०७.४५, होटल र पर्यटन ३४८.५८, जलविद्युत १४२.५९, लगानी ०.७८, उत्पादन र प्रशोधन २९०७.२४, लघुवित्त १७.०७, व्यापार ५५.८१ र अन्य ७१.५८ अंकले घटेको छ ।

आइतबार सबैभन्दा बढी कारोबार हुने कम्पनीहरुमा हिमालयन रिइन्स्योरेन्स, अपि पावर कम्पनी, कुमारी बैंक लिमिटेड, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी र न्याग्दी ग्रुप पावर कम्पनी रह्यो । हिमालयन रिइन्स्योरेन्सको ८२ करोड १४ लाख रुपैयाँ, अपि पावर कम्पनीको ७८ करोड ७६ लाख रुपैयाँ, कुमारी बैंक लिमिटेडको ६५ करोड ९३ लाख रुपैयाँ, हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको ५२ करोड ९३ लाख रुपैयाँ र न्याग्दी ग्रुप पावर कम्पनीको ५२ करोड २८ लाख रुपैयाँ बराबर कारोबार भएको छ ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार