काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ९ लाख ९० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ। कम्पनीले आफ्ना सेयरधनीलाई प्रदान गरेको ४.२८५७ प्रतिशत बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो। कम्पनीको चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँको ४.२८५७ प्रतिशत बराबर ९ करोड ९० लाख रुपैयाँ मूल्यका ९ लाख ९० हजार कित्ता बोनस सेयर जारी गरिएको थियो। नेप्सेमा सूचीकृत बोनस सेयर सम्बन्धित सेयरधनीको हितग्राही (डिम्याट) खातामा जम्मा भएपछि कारोबार गर्न सकिनेछ।



