RE
Global College

हस्तकला महासङ्घद्वारा २२ महिला उद्यमी सम्मानित

काठमाडौं । नेपाल हस्तकला महासंघले विभिन्न क्षेत्रका उद्यममा संलग्न २२ जना महिला उद्यमीलाई सम्मान गरेको छ । परम्परागत नेपाली उत्पादन र हस्तकलालाई आन्तरिक तथा अन्तरराष्ट्रिय बजारसम्म पुर्याउन योगदान दिने महिला उद्यमीहरूलाई महासंघले शुक्रवार सम्मान गरेको हो ।

महिला उद्यमीहरूलाई बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगर, ललितपुर महानगरपालिकाका उपमेयर मन्जली शाक्य बज्राचार्य, महासंघका अध्यक्ष रबिन्द्र शाक्यलगायतको उपस्तिथिमा सम्मानित गरिएको छ ।

महासंघले औद्योगिक उत्पादन, सञ्चार, वित्तीय क्षेत्रमा सक्रिय महिला उद्यमीलाई सम्मान गरेको महासंघका अध्यक्ष रबिन्द्र शाक्यले जानकारी दिए । उनले महिला उद्यमीहरूको संघर्ष र सफलताले आगामी पुस्ताका महिलाहरूलाई उद्यमशीलतामा लाग्न ठूलो प्रेरणा मिल्ने आशा गरे ।

‘५४ वर्षको इतिहास बोकेको महासंघले उत्कृष्ट निर्यातकर्ता, कालिगड र उत्पादकलाई सम्मान गर्दै आएको भए पनि महिला उद्यमीलाई भने अहिलेसम्म औपचारिक रूपमा सम्मान गरेको थिएन,’ उनले भने, ‘महिला उद्यमीलाई प्रोत्साहन जरुरी छ, यो अहिले महासंघले शुरूआत गरेको छ ।’

 

महासंघका उपाध्यक्ष तथा महिला उद्यमी सम्मान समितिका संयोजक सविता सिंह महर्जनले पुस्ता पुस्ताबीच हस्तान्तरण भएको शीपमा महिला उद्यमीले छुट्टै पहिचाहन बनाएको बताइन् । सम्मानले विगतको योगदानको कदर मात्र नभई आगामी दिनको हौसला र प्रेरणा पनि भएको उनले बताइन् । संघ, प्रदेश र स्थानीय तह र निजीक्षेत्रबीच निरन्तर सहकार्य र समन्वय हुनुपर्नेमा महर्जनले जोड दिइन् ।

सम्मानित हुने महिला उद्यमीहरू

साल्ट ट्रेडिङ कर्पोरेशन लि.- उर्मिला श्रेष्ठ
क्रियटिभ वुमेन्स क्रिएशन- अञ्जना ताम्राकार
नेपाल पश्मिना इण्डष्ट्रिज- लालु श्रेष्ठ
रत्न सिल्भर क्राफ्ट- रत्नेश्वरी श्रेष्ठ
लुमना निट क्राफ्ट- अरुना शाक्य
रोचक ह्याण्ड निट क्राफ्ट- रुक्मणी देवी श्रेष्ठ
अन्नपूर्ण ह्याण्डिक्राफ्ट- दिव्यतारा तुलाधर
जमर्को ह्याण्डमेड पेपर- अरुणा लाकोल
कुल्टेड क्राफ्ट- रोशनी तुलाधर
वुमन स्किल डेभलपमेन्ट अर्गनाइजेसन – रामकली खड्का
समस्ती ह्याण्डिक्राफ्ट – शान्ति वैद्य
वुमन क्रियसन सेन्टर- मिलु थापा
इप्सा नेपाल- संगिता पन्त
युनिक सेवा गार्मेन्ट- गंगा छन्त्याल
प्रगति उड्स कार्भिङ- धनमाया शाक्य
ओम साईराम फेल्ट प्रोडक्ट प्रा. लि- अनुजा बुढाथोकी
प्रमिला ह्याण्डिक्राफ्ट- कमला श्रेष्ठ
मन्जुश्री ट्रेड लिंक नेपाल- मन्जु शाक्य
नेपाल गृहणी उद्योग- ईन्दिरा सापकोटा
श्री साई बचत तथा ऋण सहकारी संस्था लि.- प्रमिला शर्मा
लक्की ग्रुप अफ कम्पनी- सुमान्जली शाक्य

द न्यु बिजनेस एज- सविता सुवेदी

Leave Your Comment

Related News