RE
Global College

राष्ट्र बैंकद्वारा ३० अर्बको निक्षेप सङ्कलन आह्वान

काठमाडौं । नेपाल राष्ट्र बैंक, मौद्रिक व्यवस्थापन विभागले रु ३० अर्बको एकमहिने निक्षेप सङ्कलनको बोलकबोल आह्वान गरेको छ । राष्ट्र बैंकले निक्षेप सङ्कलन उपकरणको बोलकबोलमा इजाजतपत्र प्राप्त ‘क’, ‘ख’ र ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउने जनाएको छ ।

राष्ट बैंकका अनुसार बुधबार सोमबार मध्यान्ह ३ बजेसम्म अनलाईन बिडिङ सिष्टम मार्फत मात्र बोलकबोल हुनेछ । ब्याजदर भने बहुब्याजदमा बोलकबोल माध्यमबाट निर्धारण गरिने छ । निक्षेप संकलनको लागि घटीमा १० करोड रुपैयाँ र बढीमा १० करोड रुपैयाँले भाग गर्दा निशेष भाग जाने गरी कुल आव्हान रकम गर्न पाउने व्यवस्था गरिएको छ।

निक्षेप संकलनको बोलकबोलमा निक्षेपवापत जम्मा गर्न चाहेको रकम र ब्याजदर ( दशमलव पछिको हकमा अंकसम्म) उल्लेख गर्नु पर्नेछ । निक्षेप संकलनको बोलकबोल व्याजदरमा गर्नुपर्नेछ । बहुव्याजदरमा पनि बोलबोलकबोल गर्न सकिनेछ ।
निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट इजाजतपत्र प्राप्त “क“, “ख“ र “ग“ वर्गका बैंक तथा वित्तीय संस्था मात्र सहभागी हुन पाउने छन् ।

निक्षेप संकलनको लागि आव्हान गरिएको रकम बाँडफाँड गर्दा बोलबमोजिम सबैभन्दा कम ब्याजदरलाई पहिलो प्राथमिक क्रममा राखी आव्हान गरेको रकमसम्म क्रमशः बाँडफाँड गरिनेछ । समान ब्याजदर उल्लेख भएका बोल रकम समावेश गर्दा कुल निष्काशित रकमभन्दा बढी भएमा‘ प्रो रेट बेसिस’ मा बाँडफाँड गरिनेछ ।

NECO

Leave Your Comment

Related News