सरकारले बनायो डाटा सुरक्षासम्बन्धी मापदण्ड

काठमाडौं ।  सरकारले डाटा सुरक्षासम्बन्धि मापदण्ड तयार पारेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयकी सचिव राधिका अर्यालले सो कुरा बताएकी हुन् । नेपाल उद्योग परिसंघले बुधवार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले आईटी पार्क, नलेज पार्क निर्माणको काम पनि मन्त्रालयले शुरु गरेको बताएकी हुन् । आर्टिफिसियल इन्टेलिजेन्स सम्बन्धि अवधारणा पत्र स्वीकृत गरेर मन्त्रालयले त्यसको नीति बनाउने काम पनि शुरु गरेको सचिव अर्यालको भनाई रहेको छ । सञ्चार क्षेत्रलगायतका लागि आवश्यक नीति निर्माणको काममा सरकार लागि परेकाले त्यसमा सहयोग गर्न पनि सम्बन्धित सबै पक्षसँग उहाँले अपिल नगरेकी छन् ।
सचिव अर्यालका अनुसार,‘खासगरी एआई (आर्टिफिसियल इन्टेलिजेन्स) सम्बन्धि अवधारणा पत्र स्वीकृत गरेर यसको नीति बनाउने काम सुरु भइसकेको छ । डिजिटल नेपाल फ्रेमवर्क परिमार्जनको क्रममा रहेको छ । डाटा सुरक्षा सम्बन्धि मापदण्ड तयार भइसकेको छ । त्यसैगरी आइटीपार्क नलेज पार्क सम्बन्धि कार्यविधिहरु बनाएर यसको काम अघि छ । सँगसँगै सूचना प्रविधिको क्षेत्रमा डिजिटल फाउण्डेशनको क्रममा धेरै ठूलो उपलब्धि हासिल भएको छ । खाली प्रविधिको पहँुच पु¥याउने काम भएको छ । र अहिलेको आवश्यकता भनेको सरकार निजी क्षेत्रको लगानीमार्फत यो प्रविधि अधिकतम उपयोग गर्नु अहिलेको आवश्यकता हो सचिव अर्यालले सरकारले सूचना प्रविधिमा सबैको पहुँच पु¥याउने काम गरेको उल्लेख गर्दै त्यसको अधिकतम उपयोग गर्न पनि निजी क्षेत्रलाई आग्रह गरेकी छन् ।

 

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार