RE
Global College

२१.३२ अंकले बढ्यो नेप्से घट्यो कारोबार रकम

काठमाडौं । बुधबार नेप्से परिसूचक २१.३२ अंकले बढेर २६२१.२६ विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५४ वटा कम्पनीको १ करोड १६ लाख ७४ हजार २०९ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ४ अर्ब १३ करोड ६१ लाख रुपैयाँ पुगेको छ । मंगलबारको तुलनामा कारोबार रकम ६० करोड ८ लाख रुपैयाँले घटेको छ। मंगलबार कारोबार रकम ४ अर्ब ७६ करोड ६९ लाख रुपैयाँ थियो। यस दिन सेन्सेटिभ इण्डेक्स ४.७९ अंकले बढेको छ भने फ्लोट इण्डेक्स १.६१ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स १.७१अंकले बढेको छ।

यस दिन सबै उप समूह बढेका छन् । बैंकिङ १.४५ प्रतिशत,विकास बैंक १.१९, वित्त ०.०४, होटल्स तथा पर्यटन समूह ०.०४, जलविद्युत ०.२९, लगानी ०.५२, जीवन बीमा ०.७३, उत्पादन र प्रशोधन ०.४६, लघुवित्त ०.७९, म्युअुचल फण्ड ०.४० निर्जीवन बीमा १.२०, अन्य समूह ०.६३ र व्यापार समूह ०.८० प्रतिशतले बढेका छन्।

१०.७५ प्रतिशत एसबिएल डिबेञ्चर २०८९ को मूल्य यस दिन सर्वाधिक १३.२१ प्रतिशत बढेको छ। त्यस्तै, यस दिन ७ प्रतिशत नेपाल एसबिआई बैंक डिबेञ्चर २०९० को मूल्य ८ प्रतिशतभन्दा बढी बढेको छ भने अन्य स्टकहरुको मूल्य वृद्धिदर ५ प्रतिशतभन्दा कम रहेको छ। कारोबारमा आएको सगरमाथा जलविद्युत कम्पनीको शेयरमूल्य यस दिन सर्वाधिक ६.३२ प्रतिशत घटेको छ।

कारोबार रकमका आधारमा यस दिन कुमारी बैंक पहिलो स्थानमा रहेको छ। यस दिन सो बैंकको २६ करोड ४६ लाख रुपैयाँबराबरको शेयर खरिदबिक्री भएको छ। त्यस्तै, यस दिन घलेम्दी हाइड्रोको कारोबार रकम साढे २१ करोड रुपैयाँ नाघेको छ भने लक्ष्मी सनराइज बैंकको करिब १३ करोड रुपैयाँको शेयर किनबेच भएको छ।

NECO

Leave Your Comment

Related News