RE
Global College

बाढी प्रभावितलाई राअवि पूर्वकर्मचारी सङ्घको आर्थिक सहयोग

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग पूर्वकर्मचारी सङ्घले भोटेकोशी बाढी पीडितलाई सहयोग र पुनःस्थापनाका लागि आर्थिक सहयोग उपलब्ध गराएको छ।

सङ्घले बिहीबार मुख्यसचिव गोविन्दबहादुर कार्कीलाई रु चार लाख २८ हजार ५०० को चेक हस्तान्तरण गरेको सङ्घका कार्यवाहक अध्यक्ष देवीराम शर्माले राससलाई जानकारी दिए।

त्यसक्रममा विभागका प्रमुख टेकेन्द्र कार्कीलगायत विभाग र सङ्घका पदाधिकारी उपस्थित थिए।

NECO

Leave Your Comment

Related News