RE
Global College

रियलको जित, एमबाप्पेको २ गोल

काठमाडौं । किलियन एमबाप्पेले दुई गोल गरेपछि रियल मड्रिडले स्पेनिस ला लिगामा सेभियालाई ४–१ गोलले पराजित गरेको छ। आइतबार राति भएको खेलमा एमबाप्पे उत्कृष्ट गोल गर्नुका साथै पेनाल्टीमार्फत अर्को गोल गरेका हुन्।

भिनिसियस जुनियर प्रतिबन्धका कारण अनुपस्थित रहे पनि रियलले सहज जित निकालेको छ। घरेलु मैदान सान्टियागो बर्नाबेउमा भएको खेलमा अर्दा गुलरले ३०औं मिनेटमा गोल गर्दै रियललाई अग्रता दिलाए। त्यसको सात मिनेटपछि एम्बाप्पेले उत्कृष्ट व्यक्तिगत कौशल देखाउँदै गोल गरे। उनले विपक्षी रक्षकलाई छक्याएर सेभियाका गोलकिपर ओडिसियस भ्लाचोडिमोसलाई समेत पार गर्दै बललाई जाली चुमाएका थिए।

दोस्रो हाफमा एमबाप्पे ६३औं मिनेटमा पेनाल्टीमार्फत व्यक्तिगत दोस्रो गोल गरे। त्यसपछि सेभियाका मानु बुएनोले गोल गर्दै अन्तर घटाए। तर, ८२औं मिनेटमा यान डिओमन्डेले गोल गरेपछि रियलले ४–१ को जित पक्का गर्‍यो।

जितसँगै रियल ला लिगाको अंकतालिकामा तेस्रो स्थानमा उक्लिएको छ। टोली शीर्ष स्थानको बार्सिलोनाभन्दा ६ अंकले पछाडि छ भने दोस्रो स्थानको एट्लेटिको मड्रिडभन्दा एक अंकले पछाडि छ। बार्सिलोनाले शनिबार रियल बेटिसलाई ५–२ गोलले पराजित गरेको थियो। भिनिसियसले विपक्षी खेलाडीको कपाल तानेको र रेफ्रीसँग आक्रामक व्यवहार गरेको घटनामा चार खेलको प्रतिबन्ध पाएका छन्। सेभियाविरुद्धको खेल उनको प्रतिबन्धको पहिलो खेल थियो।

NECO

Leave Your Comment

Related News