Global College

जेरोनाका ७ नयाँ उत्पादन बजारमा

काठमाडौं ।   एक वर्ष अगाडि आफ्ना १० उत्पादनसहित बजार प्रवेश गरेको जेरोना डर्माले थप ७ नयाँ उत्पादन बजारमा ल्याएको छ । जेरोना वेलनेस प्रा।लि।ले आफ्नो छालाको सुरक्षामा ध्यान दिनेहरुका लागि आधुनिक उत्पादन थप गर्दै बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाएको हो ।

जेरोना वेलनेस प्रा.लि.ले एक वर्षअघि १० उत्पादनसहित नेपाली बजारमा प्रवेश गरेको थियो । बजारमा आफ्नो उपस्थिति विस्तार गर्ने क्रममा कम्पनीले अहिले सात नयाँ उत्पादन थप गरेको जनाएको छ ।

कम्पनीका अनुसार बजारमा थपिएका नयाँ उत्पादनमा HYDRA-PRO Moisturizing Cream, GLO-SERUM, SUNSHED TM र ACN-SERUM छन् । यसैगरी ACNE-Moisturizing Cream, HYDRA-TONER र EXFOLI Facewash पनि बजारमा उपलब्ध हुन थालेका छन् ।

नेपाली उपभोक्ताको छालाको स्याहार तथा सुरक्षालाई ध्यानमा राखेर उत्पादन गर्दै आएको जेरोना डर्माका उत्पादन नेपाली बजारमा लोकप्रिय बन्दै गएको कम्पनीको दाबी छ । यही क्रममा उपभोक्ताका आवश्यकता लक्षित गर्दै उत्पादनको दायरा फराकिलो बनाइएको हो ।

उत्पादन विस्तारसँगै जेरोना चर्चित गायन रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन ८’ सँग पनि जोडिएको छ । कम्पनी उक्त शोको ‘स्किन केयर पार्टनर’का रूपमा आबद्ध छ । नेपाली संगीत क्षेत्रमा योगदान पुर्‍याउने उद्देश्यले शोसँग सहकार्य गरिएको कम्पनीले जनाएको छ ।

NECO

Leave Your Comment

Related News