Global College

३१ अकंले बढ्यो नेप्से, कारोबार रकम ६ महिनायताकै उच्च

काठमाडौं । विहीबार नेप्से परिसूचक ३१.५४ अंकले बढेर २६९५.६० विन्दुमा पुगेरा बन्द भएको छ । यस दिन ३५० वटा कम्पनीको २ करोड ३२ लाख ५८ हजार ९ कित्ता शेयर कारोबार हुँदा करोबार रकम ८ अर्ब ५७ करोड रुपैयाँ पुगेको छ । बुधबारको तुलनामा कारोबार रकम १ अर्ब ११ करोड १४ लाख रुपैयाँले बढेको छ। बुधबार कारोबार रकम ७ अर्ब ४५ करोड ८६ लाख रुपैयाँ थियो।

यस दिन सेन्सेटिभ इण्डेक्स ६.४१ अंकले बढेको छ भने फ्लोट इण्डेक्स २.२७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.२५ अंकले बढेको छ।

यस दिन सबै उप समूह बढेका छन् । बैंकिङ २.२८ प्रतिशतले,विकास बैंक १.५५, वित्त १.६९, होटल्स तथा पर्यटन समूह २.०५, जलविद्युत ०.३६, लगानी ०.२४, जीवन बीमा ०.६८, उत्पादन र प्रशोधन ०.५१, लघुवित्त ०.५४, म्युअुचल फण्ड ०.२३ निर्जीवन बीमा ०.१३, अन्य समूह २.२४ र व्यापार समूह ०.०३ प्रतिशतले बढेका छन्।

बेनी हाइड्रोपावरको शेयर यस दिन पनि सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ। त्यस्तै,  सोपान फर्मास्यूटिकल्सको शेयरमूल्य साढे ८ प्रतिशतभन्दा बढी बढेको छ भने नेपाल पुनर्बीमा कम्पनीको शेयरमूल्य साढे ५ प्रतिशत बढेको छ। कारोबारमा आएको एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्टको शेयरमूल्य यस दिन ३.६५ प्रतिशत बढेको छ।

कारोबार रकमका आधारमा यस दिन घलेम्दी हाइड्रो पहिलो स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३५ करोड ६१ लाख रुपैयाँबराबरको शेयर कारोबार भएको छ। त्यस्तै, यस दिन सिद्धार्थ बैंकको करिब साढे २५ करोड रुपैयाँको शेयर किनबेच भएको छ भने लक्ष्मी सनराइज बैंकको कारोबार रकम २४ करोड रुपैयाँ नाघेको छ।

NECO

Leave Your Comment

Related News