Global College

पत्रकार पक्राउ प्रकरणमा प्रधानमन्त्रीको ध्यानाकर्षण: तत्काल रिहा गर्न र न्यूजरुममा धरपकड नगर्न कडा निर्देशन

काठमाडौं । विभिन्न सञ्चारगृहमा प्रहरी प्रवेश गरी पत्रकारहरूलाई नियन्त्रणमा लिएको घटनाप्रति प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै पक्राउ परेका पत्रकारहरूलाई तत्काल रिहा गर्न कडा निर्देशन दिएको छ।

प्रधानमन्त्री कार्यालयले  पक्राउको घटनामा प्रधानमन्त्री, उनको सचिवालय तथा प्रधानमन्त्री कार्यालयको कुनै पनि संलग्नता नरहेको र यसबारे पूर्वजानकारी समेत प्राप्त नभएको स्पष्ट पारेको छ।

घटनाका सम्बन्धमा जानकारी पाउनासाथ प्रधानमन्त्रीले नियन्त्रणमा लिइएका पत्रकारहरूलाई अविलम्ब छाड्न र समाचार कक्ष (न्यूजरुम) भित्र प्रवेश गरी कुनै पनि किसिमको धरपकड नगर्न सम्बन्धित सुरक्षा निकाय तथा अधिकारीहरूलाई स्पष्ट निर्देशन दिएको हो।

प्रेस स्वतन्त्रता र सञ्चारगृहको मर्यादामाथि आँच आउने गरी भएका प्रहरी हस्तक्षेपको सर्वत्र विरोध भइरहेका बेला प्रधानमन्त्री कार्यालयको तर्फबाट यो आधिकारिक भनाइ र निर्देशन सार्वजनिक भएको हो।

NECO

Leave Your Comment

Related News