Global College

देश ठूलो संकटतर्फ उन्मुख भइरहेको भन्दै सबै पक्षलाई जिम्मेवार बन्न आग्रह : बाबुराम भट्टराई

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले देशमा बढ्दो राजनीतिक, आर्थिक तथा सामाजिक चुनौतीले मुलुक ठूलो संकटतर्फ उन्मुख भइरहेको भन्दै सबै पक्षलाई जिम्मेवार बन्न आग्रह गरेका छन्।

सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै भट्टराईले बढ्दो भूराजनीतिक चलखेल, सत्तारूढ तथा प्रतिपक्षी दलभित्र चर्किंदो अन्तरसंघर्ष र न्यायालय, प्रशासन तथा प्रहरीलगायत राज्यका प्रमुख अंगमा देखिएको अस्तव्यस्तताप्रति चिन्ता व्यक्त गरेका हुन्।

उनले अर्थतन्त्र निरन्तर ओरालो लाग्नु, प्राकृतिक प्रकोपको भार थपिँदै जानु, युवाहरूको विदेश पलायन नरोकिनु तथा सार्वजनिक सञ्चार क्षेत्र र नागरिक वृत्तमा निराशा बढ्दै जानुले देश गम्भीर संकटतर्फ अघि बढिरहेको संकेत गरेको बताएका छन्।

भट्टराईले अहिलेको अवस्थामा देशले कुनै पनि बहानामा थप अस्थिरता र उथलपुथल थेग्न नसक्ने उल्लेख गर्दै सबैलाई आ–आफ्नो क्षेत्रबाट गम्भीर र जिम्मेवार भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।

उनले सकारात्मक योगदान गर्न सक्नेले योगदान गर्न र नसक्नेले कम्तीमा नकारात्मक गतिविधि नगर्नसमेत सबै पक्षलाई अपिल गरेका छन्।

NECO

Leave Your Comment

Related News