Global College

नेपाल रेल्वे बोर्डद्वारा रेल चालकको दरखास्त आह्वान

काठमाडौं । नेपाल सरकारअन्तर्गतको नेपाल रेल्वे बोर्डले रेल चालक (लोकोपाइलट) पदका लागि दरखास्त आह्वान गरेको छ। बोर्डको कार्यालयले सोमबार एक सूचना जारी गर्दै आवेदन माग गरेको हो। इच्छुक नेपाली नागरिकले आगामी मङ्सिर २१ गतेभित्र आफ्नो दरखास्त पेस गर्नुपर्नेछ।

नेपालमा रेल सेवा सञ्चालन गर्न नेपाली चालकलाई नै सूचीकृत गर्ने उद्देश्यले यो सूचना निकालिएको बोर्डले जनाएको छ। सूचनामा नेपालमा रेल सेवा सञ्चालनका लागि नेपाली रेल चालक सूचीकृत गरी सेवा सञ्चालन गर्न लागिएको उल्लेख छ।

यसैगरी संस्थाले ‘यसका लागि दक्ष, योग्य, इमानदार तथा जिम्मेवार रेल चालक आवश्यक परेको’ स्पष्ट पारेको छ। सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र इच्छुक आवेदकले आफ्नो दरखास्त पेस गर्नुपर्ने नियम छ।

दरखास्त दिन चाहने उम्मेदवारले आवश्यक कागजातसहित नेपाल रेल्वे बोर्डको केन्द्रीय कार्यालयमा निवेदन बुझाउनुपर्नेछ। आवेदनका साथमा नेपाली नागरिकताको प्रतिलिपि र शैक्षिक योग्यताको प्रमाणपत्र संलग्न गर्नुपर्नेछ। यसका साथै मान्यता प्राप्त संस्थाबाट जारी भएको रेल चालकको लाइसेन्सको प्रतिलिपि तथा अनुभव र तालिमको प्रमाणपत्र पनि पेस गर्नुपर्ने सूचनामा उल्लेख छ।

NECO

Leave Your Comment

Related News