Global College

२३०० ले बढ्यो सुनको मूल्य

काठमाडौं । सोमबार सुनचाँदीको मूल्य नेपाली बजारमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोन सुन प्रतितोला २ लाख ७४ हजार ३०० रुपैयाँ तोकिएको छ । यो सँगै आइतबारको तुलनामा सुनको मूल्य प्रतितोला २ हजार ३०० रुपैयाँले बढेको हो । आइतबार सुन प्रतितोला २ लाख ७२ हजार रुपैयाँमा कारोबार भएको थियो ।

महासंघका अनुसार सोमबार चाँदीको मुल्य ७० रुपैयाँले बढेको छ । यो सँगै सोमबारका लागि चाँदी प्रतितोला ३ हजार ७२० रुपैयाँ तोकिएको छ ।
आइतबार भने चाँदी प्रतितोला ३ हजार ६५० रुपैयाँमा कारोबार भएको थियो ।

NECO

Leave Your Comment

Related News