Global College

सोलुखुम्बुको फेरुचे हेलिप्याडमा दुई हेलिकप्टर ठोक्किँदा एक विदेशी नागरिकको मृत्यु, एक घाइते

काठमाडौं । सोलुखुम्बुको फेरुचेस्थित हेलिप्याडमा दुईवटा हेलिकप्टर आपसमा ठोक्किँदा एक जना विदेशी नागरिकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

जिल्लाको खुम्बु पासाङल्हामु गाउँपालिका–४ फेरुचे हेलिप्याडमा मंगलबार बिहान करिब ८:११ बजे फिस्टेल एयर र डाइनेस्टी एयरका हेलिकप्टरहरू अवतरण गर्ने क्रममा आपसमा ठोक्किएर दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परेर एक विदेशी नागरिकको ज्यान गएको छ भने अन्य एक जना घाइते भएका छन्। दुर्घटनापछि हेलिकप्टरमा आगलागी भने भएको छैन। घटनालगत्तै उद्धारकार्य सुरु गरिएको छ भने घाइतेलाई थप उपचारका लागि प्रभु हेलिकप्टरमार्फत लुक्ला पठाइएको छ।

प्रहरीले घटनाको विस्तृत विवरण संकलन गरिरहेको जनाएको छ।

NECO

Leave Your Comment

Related News