काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महंसाघका अनुसार सुन प्रतितोला ७ सय रुपैयाँले बढेको छ । बजारमा सुन प्रतितोला २ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।सोमबार सुन प्रतितोला २ लाख ७४ हजार ३ सय रुपैयाँ थियो ।
आज चाँदी भने ४५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला ३ हजार ६७५ रुपैयाँमा कारोबार भइरहेको छ । सोमबार चाँदी प्रतितोला ३ हजार ७२० रुपैयाँ थियो ।



