काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले व्यापक राष्ट्रिय सरकार गठन गर्न तयार रहेको बताउनुभएको छ । तर, अरब नेतृत्वका दलको समर्थनमा निर्भर सरकार स्वीकार नगर्ने उनले स्पष्ट पारेका छन्।
सामाजिक सञ्जाल एक्समार्फत धारणा सार्वजनिक गर्दै उनले राम र जोइन्ट लिस्टमा निर्भर सरकार इजरायली जनताले नचाहेको दाबी गरे। आफ्नो लिकुड पार्टी सबैभन्दा ठुलो दल बनेको उल्लेख गर्दै उनले अर्को सरकारको नेतृत्व गर्ने जनादेश प्राप्त भएको बताए।
वैकल्पिक सरकार गठनको प्रयास भइरहेका बेला इजरायल बेतेनुका नेता अभिग्डोर लिबरम्यानले नेतान्याहु नेतृत्वको गठबन्धनमा सहभागी नहुने बताए। उनले याशर पार्टीका नेता गदी आइसेनकोटलाई प्रधानमन्त्रीका रूपमा अघि सार्दै राष्ट्रपति आइज्याक हर्जोगसमक्ष सिफारिस गर्ने र नेसेट सभामुखमा यायर लापिडलाई समर्थन गर्ने जनाए।
लिबरम्यानले आइसेनकोटको चुनावी अभियानको आलोचना गर्दै विपक्षी समूहले अपेक्षाभन्दा कम ४८ सिट प्राप्त गरेको बताए। उनले नेतान्याहुसँगको एकता सरकारमा कुनै पनि अवस्थामा सहभागी नहुने स्पष्ट पार्नुभयो । पूर्वप्रधानमन्त्री नफ्ताली बेनेटको ‘बी याचड’ समूहले भने आइसेनकोटको सरकार गठन प्रयासलाई समर्थन गरेको छ।
एक सय २० सदस्यीय नेसेटमा विपक्षी समूहले ६७ र वर्तमान गठबन्धनले ५३ सिट जितेका छन् । तर, अरब नेतृत्वका दलको समर्थनबिना विपक्षीलाई सरकार गठन गर्न कठिन देखिएको छ।
राष्ट्रपति हर्जोगले अर्को निर्वाचन रोक्न राजनीतिक दललाई लचकता अपनाउँदै सहमति खोज्न आग्रह गरेका छन्।उनले नोभेम्बर ४ मा आधिकारिक निर्वाचन परिणाम प्राप्त गरेपछि दलका प्रतिनिधिसँग परामर्श गर्ने र नवनिर्वाचित नेसेट सदस्यहरूले नोभेम्बर १० मा शपथ लिने कार्यक्रम छ।



