नेशनल लाईफ इन्स्योरेन्सको १४ प्रतिशत लाभांश प्रस्ताव पारित

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको १४ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित भएको छ।

कम्पनीका अध्यक्ष प्रेमा सिंहको अध्यक्षतामा भदौ ७ गते सम्पन्न भएको इन्स्यारेन्सको ३६ औं वार्षिक सभाले आर्थिक वर्ष २०७९/२०८० को नाफाबाट १४ प्रतिशत लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको हो।

कम्पनीले अघिल्लो आव २०७९/०८० को लागि अद्यावधिक चुक्ता पूँजी ५ हजार १ करोड १६ लाख ६६ हजार ४२५ रुपैयाँमा मध्ये १० प्रतिशत नगद लाभांश र ४ प्रतिशत बोनस शेयर लभांश प्रदान गर्ने प्रस्ताव पारिगरेको हो। कम्पनीले चुक्ता पुँजीको १० प्रतिशतका दरले .५० करोड ११ लाख ६६ हजार ६४२ रुपैयाँ नगद लाभांश र ४ प्रतिशतका दरले वोनस शेयर लाभांश रु.२० करोड ४ लाख ६६ हजार ६५७ रुपैयाँ र साथै उक्त नगद एवं वोनस लाभांशमा कर प्रयोजनको लागि ३ करोड ६९ लाख २८ हजार ६८ रुपैयाँ नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित गरेको छ । नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी रु.५ अर्ब पुर्‍याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पूँजीमा ४ प्रतिशतको वोनस शेयर थप भई कूल चुक्ता पूँजी .५ अर्ब २१ करोड २१ लाख ३३ हजार ८२ रुपैयाँ पुग्नेछ।

अध्यक्ष सिंहले समिक्षा वर्ष २०७९/०८० मा राष्ट्रिय तथा अन्तराष्ट्रिय आर्थिक परिदृष्यहरु धेरै उत्साहप्रद नरहेको र अहिले विश्व अर्थतन्त्र सुधार उन्मुख भए तापनि सो चुनौतपूर्ण रही यसको लागि लामो समय लाग्ने देखिएको पृष्ठभूमीमा बढ्दो ब्याजदरको कारणले लगानीमा प्रतिकूल प्रभाव पारी पूँजीगत खर्च एवं समग्र मागमा आएको कमिले स्वदेशी अर्थ ब्यवस्थामा प्रतिकूल प्रभाव परेको स्थितिमा आ.व.२०७९/०८० मा जीवन बीमा ब्यवसाय आशातित रुपमा विस्तार हुन नसकेको भएतापनि आ.व.२०८०/०८१ मा जीवन बीमा ब्यवसायले सुधारको वाटो तय गरेको उल्लेख गरिन् ।

आ.व.२०७९/०८० मा कम्पनीको सबै वित्तिय सूचाङ्कहरु उत्साहप्रद रहेको छ । कम्पनीको कूल बीमाशुल्क १६.६६ प्रतिशतले बृद्धि भई रु.१,६८०.९० करोड पुगेको छ । समिक्षा वर्षको संचालनवाट जम्मा ९३१.८३ करोड खूद थप रकम कूल बीमा करार दायित्वमा सारिएको छ र कूल बीमा करार दायित्व गत वर्षको तुलनामा १७.७६ प्रतिशतले वृद्धि भई वर्षान्तमा ६,५४०.४० करोड पुगेको छ । कूल लगानी १५.७२ प्रतिशतले बृद्धि भई ४,९७८.२० करोड पुगेको छ । कम्पनीको लगानी प्रतिफलमा स्थायित्व ल्याउन दीर्घकालिन निक्षेपमा अधिकतम् लगानी गर्न कम्पनी प्रयासरत छ । कम्पनीको लगानीमा वार्षिक औसत प्रतिफल दर सन्तोषजनक छ र आ.व.२०७९/०८० मा सो दर ९.४५ प्रतिशत कायम रहेको छ ।

कम्पनीका सबै लगानीहरु नेपाल बीमा प्राधिकरणले जारी गरेका लगानी निर्देशिका अनुसार रहेका छन् ।यी सबै सुरक्षा र प्रतिफलको हिसाबले राम्रा भएको कम्पनीको दाबी छ । सोही लगानी निर्देशिका अन्तर्गत रहेर कम्पनी आफ्नो लगानी विविधिकरण गर्न प्रयासरत रहेको र सोही क्रममा कम्पनीले आगामी दिनहरुमा आफ्नो स्वामित्वमा जग्गा रहेका शाखाहरुमा ब्यापारिक भवन निर्माण गर्ने प्रयोजनको लागि स्थिर सम्पत्तिमा थप लगानी गर्दै जाने नीति अवलम्बन गरेको छ । यसै परिप्रेक्षमा कम्पनीको नेपालगन्ज स्थित भवन निर्माण कार्य सम्पन्न हुने स्थितिमा छ र यथाशिघ्र सो भवन संचालनमा ल्याउन प्रयास भै रहेको छ ।

कम्पनीले Merchant Banking क्षेत्रमा नेशनल क्यापिटल लिमिटेड नामक एक सहायक कम्पनीको स्थापना गरी संचालनको प्रकृया अघि बढाएको छ भने आ.व.२०८१/०८२ मा सहायक कम्पनी कै रुपमा एउटा Investment Company खोल्न प्रयासरत रहने छ । यसबाट लगानी विविधिकरणमा सहयोग पुग्ने र यसले कम्पनीको प्रवर्धनमा टेवा पुर्‍याउने कम्पनीको विश्वास छ ।

कम्पनीले ग्राहक केन्दि्रत भई सूचना प्रविधि क्षेत्रमा पर्याप्त लगानी गर्दै ब्यवसाय संचालनको क्रममा डिजिटल प्रणालीको उच्चतम् प्रयोग गर्दै आएको छ । कम्पनीले आफ्नो अभिकर्ता सन्जाललाई थप ब्यवसायीकरण गर्ने कार्यमा निरन्तर लगानी गर्नेछ । यसै गरी कम्पनीको आ.व.२०७९/०८० को बीमाङ्कन सन्तोषप्रद रहेको र नियामकीय निकायको निर्देशन अनुसार पर्याप्त Future Bonus Provisioning गरेर बीमितहरुलाई दिइ आएको वोनस दरमा यथावत निरन्तरता दिई बीमितहरुलाई उचित प्रतिफल दिन सफल भएको छ ।

कम्पनीले ब्यवसायीक लक्ष्य र संस्थागत सामाजिक उत्तरदायित्व बीचको सन्तुलनलाई निरन्तरता दिई नियमनकारी निकायको निर्देशन अनुसार खूद नाफाको १ प्रतिशतले रु ९७ लाख ३३ हजार १५० रुपैयाँ बराबरको रकम सामाजिक उत्तरदायित्व जगेडामा स्थानान्तर गर्न सफल भएको छ ।

सभामा अध्यक्षले आउने दिनहरुमा नेशनल लाईफ इन्स्योरेन्स कम्पनी एक मूख्य बीमकको रुपमा आम सर्व साधारणको जीवन बीमाको आवश्यकता परिपूर्ती गर्नमा अग्रणी भूमीका निर्वाह गरिरहने विश्वास व्यक्त गरिन्।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार