एमएडब्लु ग्रुपले सार्वजनिक गर्‍यो प्रिमियम इभी नामी : द बिग ह्याच विथ फाइभ स्टार लक्जरी

काठमाडौं । नेपालको प्रतिष्ठित अटोमोबाइल कम्पनी एमएडब्लु ग्रुपले विश्वस्तरीय कार ब्रान्डहरुको पोर्टफोलियोमा नयाँ इभी डोङफेङ नामी सार्वजनिक गरेको छ । नेपालको ह्याचब्याक इभी सेग्मेन्टमा यो इभीले लक्जरी र इनोभेसनमा नयाँ मापदण्ड स्थापना गर्ने अपेक्षा एमएडब्लु ग्रुपले लिएको छ ।

नामीलाई काठमाडौंमा आयोजना गरिएको फेसन इभेन्टमा सार्वजनिक गरिएको हो जसले उसको ट्यागलाइन ‘द बिग ह्याच विथ फाइभ स्टार लक्जरी’लाई न्यायोचित गरेको छ । स्टाइल र सफोस्टिकेसनको समीश्रण भएको नामी युनिक मात्र होइन ग्ल्यामरस पनि छ ।

द बिग ह्याच विथ फाइभ स्टार लक्जरी

डोंगफेंग नामले नेपालको इभी ह्याचब्याक सेग्मेन्टलाई पुन: परिभाषित गर्नेछ । ह्याचब्याक सेग्मेन्टमा राखिए पनि यो आकारमा ठूलो छ । प्रतिस्पर्धीको तुलनामा यसको आकार र चौडाइ ठूलो हुनुका साथै धेरै सेग्मेन्ट फस्ट र सेग्मेन्ट बेस्ट फिचर प्रयोग गरिएका छन् ।

नामी किन ‘बिग’ ?

४०३० एमएमको लम्बाई, १८१० एमएमको चौडाइ र १५७० एमएम उचाइ तथा २६६० एमएम ह्विलबेस भएको नामी सेग्मेन्टकै सबैभन्दा ठूलो ह्याचब्याक हो । १७ इन्चको टायरले यसको सौन्दर्यलाई बढाउनुका साथै एसयुभीको जस्तो स्वरुप दिएको छ । साथै यसमा विस्तार गर्न मिल्ने क्याबिन छ जसले सबै यात्रुका लागि पर्याप्त स्पेस र कम्फर्ट प्रत्याभु गर्नेछ ।

नामी किन लक्जरियस ?

नामीले आफ्नो सेग्मेन्टमा लक्जरी र इन्टेलिजेन्टको नयाँ मापदण्ड स्थापित गरेको छ । यसको लक्जरियर इन्टेरियर र अत्याधुनिक स्मार्ट प्रविधि यसको स्लिक डिजाइनमा राम्रोसँग सम्मीश्रित छ । यसमा सेग्मेन्ट फस्ट वेलकम सिट, मेमोरी सिट, फ्रेमलेस डोर, फ्लस डोर ह्यान्डल, अटो पार्किंग टेबल टपसहितको पेसेन्जर ड्रअर पनि रहेको छ । साथै इन्टेलिजेन्ट एसी सिस्टम, बेबी केयर मोड, रेस्ट मोड, रेन डिटेक्सन, हिटेड र भेन्टिलेटेड सिटले यो कारको कम्फर्ट र कन्भिनियन्सलाई अझ माथि पुर्याउनेछ र हरेक यात्रालाई प्रिमियम बनाउनेछ ।

नामी सात विभिन्न रंगहरूमा उपलब्ध हुनेछ ( सेतो, निलो, बैजनी, हरियो, र ड्यूल टोनमा निलोंसेतो, हरियोंसेतो, बैजनींसेतो छानो। यसैगरी, यसमा दुई इन्टेरियर रंग विकल्पहरू उपलब्ध छन्

यसको लक्जरियस इन्टेरियर दुई वटा कलर ब्ल्याक एन्ड ह्वाइट र ब्ल्याक एन्ड ग्रेमा उपलब्ध छ ।

स्लिक डिजाइन, स्पेसियस इन्टेरियर र कटिंग एड्ज प्रविधिले भरिएको नामी अद्वितीय ड्राइभिंग एक्सपिरियन्स र हेड टर्नका लागि डिजाइन गरिएको हो । यो फ्युभरिस्टिक ह्याचब्याक इभीप्रेमीलाई सुहाउने गरी नामी ई१, नामी ई२ र नामी ई३ गरी तीन भेरियन्टमा उपलब्ध हुनेछ जसको सुरुवाती मूल्य क्रमस: २९.९९ लाख, ३१.९९ लाख र ३४.९९ लाख रुपैयाँ रहेको छ । ड्यूल टोनको लागि थप रू। ५०,००० अतिरिक्त हुनेछ।

नामीको इन्टेरियर लक्जर र कम्फोर्टको समीश्रण हो । यसको क्याबिनमा प्रिमियम लेदर सिट, हाई क्वालिट डबल डी डिजाइन स्टेरिंग ह्विल, १२.८ इन्चको एचडी डिस्प्ले जस्ता फिचर छन् । यसमा प्रयोग भएको वायरलेस चार्जर, टापु जस्तो देखिने आर्मरेस्ट र ९४५ लिटरसम्म फैलाउन सकिने बुट स्पेस तथा डबल साइज बेडमा परिणत गर्न सकिने इन्टेरियरले कारको कन्भिनियन्सलाई अब्बल बनाएको छ । यसमो फुल्ली अटोमेटिक पार्किंग सिस्टम, तीन ड्राइभिंग मोड (नर्मल, इको र स्पोर्ट) र ३६० डिग्री क्यामेराले सुरक्षा र कन्फिडेन्स दुवैलाई बेजोड बनाएको छ ।

सेग्मेन्टकै उत्कृष्ट फिचर

नामीमा लेभल २ एडास, भेन्टिलेटेड र हिटेड सिट, १२.८ इन्चको टचस्क्रिन इन्फोटेन्मेन्ट सिस्टम, १७ इन्चको टायर , १२ वटा अल्ट्रासोनिक राडारसहितको ३६० डिग्री क्यामेरा, एडाप्टिभ क्रयुज कन्ट्रोल, अटोडिमिंग फिचरसहितको स्टार लाइट क्रिस्टल एलइडी हेडल्याम्प जस्ता सेग्मेन्टकै बेस्ट फिचरहरु रहेका छन् । यो इभीमा प्रोक्सिमिटी लक अनलक, मल्टिकलर एम्बायन्ट लाइट, वान टच रेस्ट मोडसहितको फ्ल्याट फोर्ड फ्रन्ट सिट, एक्टर्नल डिस्चार्ज क्यापाबिलिटी, पर्सनलाइज्ड टचस्क्रिन सेन्ट्रल कन्सोल र लक्जरियर अर्बान इन्टेरियर स्पेसले पूर्ण बनाएको छ ।

बेस्ट इन क्लास सेफ्टी फिचर

डोंगफेंग नामीमा बेजोड सुरक्षा व्यवस्था गरिएको छ । यसमा एडाप्टिभ क्र्युज कन्ट्रोल, फवार्ड कोलिजन वार्निग, अटोमेटिक इमर्जेन्सी ब्रेकिंग, लेन किपिंग असिस्ट, लेन डिपार्चर वार्निंग र ट्राफिक साइन रेकगिनसन जस्ता लेभल २ एडाससहितको अत्याधुनिक सुरक्षा फिचर रहेका छन् । फाइभ स्टार एनसीएपी रेटिंग पाएको नामीमा उच्च स्तरको क्र्यास प्रोटेक्सन र सुरक्षा व्यवस्था रहेको छ । यसको प्योर इभी क्वान्टम र आर्किटेक्चरले यसको सुरक्षा र सुविधालाई थप राम्रो बनाएको छ ।

पर्फमेन्स र इफिसेन्सी

पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले पावर दिने नामीले ७० किलोवाटको पावर र १६० एनएमको टर्क उत्पन्न गर्छ । यो नयाँ इभी ३१.४ किलोवाट आवर र ४२.३ किलोवाट आवर गरी दुई ब्याट्री अप्सनमा उपलब्ध छ जसको रियल लाइफ रेन्ज चार सय ३० किलोमिटर (सीएलटीसी) रहेको छ । नामीको पर्फमेन्सलाई यसका इन्टेलिजेन्ट फिचरले अझ परिस्कृत बनाएको छ जसले सिटी ड्राइभिंगका लागि यसलाई बेजोड बनाउनेछ ।

पर्मानेन्ट म्याग्नेट सिन्क्रोनस मोटरले पावर दिने नामीले ७० किलोवाटको पावर र १६० एनएमको टर्क उत्पन्न गर्छ । नामी दुईवटा ब्याट्री विकल्पहरू प्रदान गर्छ: ३१. kWh  र ४२. kWh ३१. kWh  ब्याट्रीले CLTC चक्रमा ३३० किमी र WLTP चक्रमा २३७ किमी दायरा प्रदान गर्छ। ४२. kWh ब्याट्रीले CLTC चक्रमा ४३० किमी र WLTP चक्रमा ३१७ किमी दायरा प्रदान गर्छ।

Garima Bikas
Garima

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार